दार्चुलामा लागुऔषध चरेससहित एक युवक पक्राउ

दार्चुला — दार्चुलामा लागुऔषध चरेस सहित एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम नजिकबाट ९ ग्राम लागु औषध चरेस सहित युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार महाकाली नगरपालिका–४ स्थित महाकाली करिडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेससहित पक्राउ गरिएको प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

लुहारलाई चेक गर्दा उनको साथबाट ९ ग्राम लागु औषध चरेस फेला पारिएको र उक्त पदार्थ सहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएको उहाँले बताएका छन । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.