तेर्छालेक पहिरोमा जिप फस्यो, वर्षाका कारण उद्धारमा समस्या

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा –३ तेर्छालेकमा जिप पहिरोमा फसेको छ । शुक्रबार आज बेलुकी जिल्ला सदरमुकाम खंलगाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको सु  प प्र ००१ ज ११८४ नम्बरको जिप पहिरोमा फसेको हो ।

तेर्छालेकमा माथिबाट पहिरो खसेपछि जिपको अगाडीको भाग पुरै पुरिएको स्थानीयले बताएका छन । पहिरोमा पुरिएको जिपमा मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

वर्षा संगै माथिबाट ढुंगा माटो आउनेक्रम नरोकिए पछि जिपलाई निकाल्न समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले बताए ।

सडक बिभागको जेसीबी र लोडर पहिरो नजिक छन । वर्षा नरोकिए पछि काठमाण्डौ र महेन्दनगरबाट आएका बसहरु पनेवाजमा रोकिएका छन । यस्तै जिल्ला सदरमुकाम खलंगा बाट आएका सवारी साधन समेत बाटोमै रोकिएका छन । उक्त क्षेत्रमा अहिले बेला बेला सडक अबरुद्ध हुने गरेको छ । जसका कारणले यात्रुहरुले सास्तीभोग्न बाध्य भएका छन ।

Leave A Reply

Your email address will not be published.