मेरो परिवार

मेरो परिवार

कसैले प्रश्नन गर्दा मलाई !
तिम्रो जीवनको अविश्मरणीय पल !
कुन हो भनेर सोध्दा !
मैले मुस्कुराउँदै भन्ने छु परिवार संग बिताएका! पल !

मेरो परिवार मेरो लागी यस्तो ठाउँ हो जहाँ मैंले !
म माथि गरेको अथाह विश्वास भेटाए!
सुनको खोजी गर्दा हिर भेटाए!
स्वार्थले भरिएको जगतमा निस्वार्थ !
माया भेटाए!

चाहे त्यो हजुरबुबाले दिएको आशीर्वाद!
होस् या हजुरआमाले दिएको माया!
बुवा आमाले दिएको संस्कार होस्!
या काका काकी ले दिएको ज्ञान!

भाई बैनीले दिएको शनेह होस् या!
परिवार के दिएको संस्कार !
मैले मैन बत्ती लागेर खोज्दा!
पनि अन्त कहीं भेटाएन!

ढुङ्गा बाट देउता नै प्रकट भई !
तिमीलाई के चाईयो भनेर सोध्दा !
मैले परिवार को खुसी माग्ने छु !
को नै छ र तिम्रो साथमा भनेर कसैले सोध्दा !
म गर्व का साथ मेरो परिवार छ भन्ने छु !

अरूले भन्छन् छोरी हौं तिमी!
के नै गर्न सक्छौ र तिमीले !
तर मेरो परिवारलाई भन्छन् !
छोरी हौं तिमी के गर्न सक्दैनौं र तिमीले !

एउटा यस्तो ठाउँ जहाँ मलाई !
खुसी हुन बहाना चाईदैन !
जहाँ मेरा इच्छा , आकांक्षा पूर्ति !
गर्न कुनै बहाना गर्न पाइँदैन्!

त्यही नै हो मेरो परिवार !

🖋️लेखक: अस्मिता जोशी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.