जीवनकाे संघर्ष
जीवन र जीविका संगकाे संघर्ष हाम्रो ।
पहिल्याउन सक्नु सबैका लागि राम्रो ।
नबुझेर यहाँ कति त बिरक्त भई सुके ।
मन मन जाेड्न नसकेर कति त चुके।
हरेस हाेईन यहाँ अडेस लाग्दै बढ्नु पर्छ।
हार हाेईन जित संग मीत गाँस्दै चढ्नु पर्छ।
पल पल मर्नु पर्ने छ यहाँ बाच्न कै लागि ।
अप्ठेराेमा बस्नु पर्छ यहाँ जीवन थाम्न कै लागि ।
बेला बखत चस्किन्छ धड्किन्छ याे छाती
संघर्षरत जिवन धान्नु नै हुन्छ जाति ।
मर्म र कर्म बुझिदिने मित्रकाे खाँचो छ यहाँ ।
हावाकाे झाेंका र पीडा त मिलेकै छ यहाँ।
एकान्तकाे बास र एक्लोपनकाे आभास ।
विरक्तिएकाे मनमा कस्ले छर्ला सुभाष ?
धनले मन किन्ने व्यापार चल्छ यहाँ ।
प्रेम अनि सद्भाव पैसामा बाड्ने चलन छ यहाँ ।
थुक्क जिन्दगानी आज भाडामा काेचे झै भयाे।
मुल्यवान जिन्दगी काँडामा राखे झैं भयो
लेखक: कृष्ण सिंह धामी
