जोलजिबिमा चट्याङ लागेर तीन जना घाइते

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा ‐७ जोलजिबिमा चट्याङ लागेर तीन जना घाइते भएका छन । शुक्रबार हिजो राति चट्याङमा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीया विमला लावड, चार वर्षीया रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएको प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

जोलजिबिका मनिराम टमटाको घरको आँगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरू घाइते भएको उहाँले बताउनु भयो । घाइतेहरूको अवस्था सामान्य रहेको र अहिले तिनैजना घरमै रहेका छन् ।

रिया र दिपेश विमलाका छोराछोरी हुन् । विमला जौलजिबीमा रहेको माइतीघर आएकी हुन् । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एउटा गोरु मरेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.