शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पन्तको सरुवा

दार्चुला । दार्चुलाको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा कार्यरत कार्यालय प्रमुख जयराज पन्तको सरुवा भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यालय प्रमुख पन्तको सरुवा गरेको हो । २०७५ साल भाद्र २८ गते देखि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलामा कार्यरत रहेका पन्तको मन्त्रालयले प्रदेशस्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कैलालीमा सरुवा गरेको जनाएको छ ।

झण्डै ७ वर्ष दार्चुलामा बसेर शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेका पन्तको सरुवा भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । मन्त्रालयले पन्तको ठाउँमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय धनगढीमा कार्यरत प्रताप सिह धामीलाई नयाँ इकाइ प्रमुखको रुपमा दार्चुला पठाएको छ ।

Leave A Reply

Your email address will not be published.