हरितालीका तीज

हरितालीका तीज 
आहा! पस्चिमका कति राम्रा, हाम्रा चाड्पर्व,
महिला दिदिबहिनिको, हरितालिका गौरापर्व!
दुतियाको दिनमा आमा,छोरिलाई दर खुवाउने,
माइतिघर आउन नपाकी छोरी,घरमै मन रुवाउने!!
तिजमा…..
बिहेपछी छोरीपनि, माइतिघर आउने,
सबले रातो सारी लगाइ, एउटै ठाउमा रमाउने!
शिवलाइ खुशी राख्न, निर्जल व्रत बसिने
रातिभरी जाग्राम बसि, सगुन,धुमारी गाइने!!

मलाइ पनि थाहा छैन,तिजको व्रत केका लागि?
पण्डितगुरु भन्नुहुन्थ्यो, पाप पुण्य र वरका लागि!
पुजा गर्दा भन्नुहुन्थ्यो…….
सुमतिले पितृलाइ गरेको, पाप पुण्य गरिन,
पार्वतिले व्रत बसि शिवजिलाई मागिन!!
जग्यमा बस्दा……..
पण्डितगुरु फुल समाइ, ध्यानमा बस्न लगाउथे,
त्यसपछी पर्वती र सुमतिको कथा सुनाउथे!
पार्वतिले……..
शिव पाउन सकु भनी,घोर तपस्या गरेकी रे!,
त्यसमा असफल भएपछी विष्णुकहा पुगेका रे!
त्यसपछी हरिले दिएको तालिकाअनुसार……
व्रत बसि शिव पाउन सफल भएका रे!,
त्यसैले तिजलाइ हरितालिका भनिएको रे!!!

लेखक :- निर्मला धामी दार्चुला 

Leave A Reply

Your email address will not be published.