बैतडी।बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको १५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । गोकुलेश्वर क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको क्याम्पसको बार्षिकोत्सव मंगलबार सम्पन्न भएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरबहादुर माल (आसु)को अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर ख,बाट निर्वार्चित सांसद पुर्व कानुनमन्त्री शिवराज भट्टको प्रमुख आर्थित्यतामा बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको सेटीगाउँ बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण रावलले जानकारी दिनुभयो ।

कार्यक्रममा डिलाशैनी गाउँपालिकाका उपाध्यक्ष भगिरत बोहराको विशिष्ट आर्थित्यता तथा गाउँपालिका प्रबक्ता यज्ञराज भट्ट नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका सभापति जयराज जोशी, अखिल क्रान्तिकारी प्रदेश उपाध्यक्ष तिल माल लगायत चन्दादाता, जग्गादाता लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उहाँले बताउनु भयो ।

वि:स २०६७ सालमा स्थापना भएको विद्यालयमा अहिले झण्डै ५सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
२०६७ सालमा स्थापना भएको सो क्याम्पसमा अहिले स्नातक तह सम्मको पढाइ हुने गरेको छ । शिक्षा र वाणिज्य संकायमा स्नातक तह सम्मको पढाइ भइरहेको क्याम्पस प्रमुख जोशीले बताए ।

कार्यक्रममा अभिभावक, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विद्यार्थी एवं क्याम्पसका शुभचिन्तकहरुको सहभागिता रहेको सेटिगाउँ बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण रावलले जानकारी दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । साथै कलाकारहरुको पनि सहभागिता रहेको कार्यक्रममा हिन्दु नेपाली महिलाहरुको हरितालिका जितसमेत सोहीदिन भब्यताका साथ मनाइएको विद्यालयले जनाएको छ ।
