कोशिश

योगेन्द्र सिंह धामी

कोशिश

कोशिश गर अवश्य हल निस्किन्छ।।
आज नभएं पनि भोलि निस्किन्छ।।

अर्जुनको लक्ष्य राख निशाना खोज।।
मरुभुमिबाट पनि त पानी निस्किन्छ।।

मेहनत गर फूललाई पानी देऊ।।
सुक्खामा पनि फेरि फल निस्किन्छ।।

तागत जुटाउं हिम्मतलाई आगो देऊ।।
कमजोरको पनि फेरि बल निस्किन्छ।।

शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर।।
समुन्दरबाट पनि त गंगाजल निस्किन्छ।।

कोशिश गर्दै जाऊं केहि गर्दै जाऊ।।
जे रोकेको छ अहिले भइ निस्किन्छ।।

कोशिश गर अवश्य हल निस्किन्छ।।
आज नभएं पनि भोलि निस्किन्छ।

लेखक:- योगेन्द्र सिंह धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.