बर्तमान नेपाली समाजमा बैदेशिकरण सामाजिक आर्थिक जिवनको एउटा पाटो बनेको छ।गाउँ देखि सहरसम्म युवा देखि प्रौढ सम्म सबैमा विदेश जाने एक प्रकारको होडबाजी नै चलेको छ। यो लहरलाई नजिकबाट नियालेर हेर्दा मनमा एउटा प्रश्न उठ्छ के विदेशिन रहर कि बाध्यता?यस प्रश्न को जवाफ एकै शब्दमा दिन कठिन छ,किनकी यसमा आर्थिक, सामाजिक, मनोवैज्ञानिक पक्षहरू एकैसाथ जोडिएका छन।
वर्तमान समयमा धेरै युवा पिडीहरुले विदेश जानु एक प्रकारको रहर वा सपना बोकेका छन। उनीहरूले सामाजिक सञ्जाल र मिडियामा देखेका विदेशका चम्किला जीवनशैली, उच्च शिक्षा र सुविधासम्पन्न सपनाहरू देखेका छन्। राम्रो जीवनस्तर,आधुनिक प्रविधि र विकसित समाजको चाहनाले धेरै युवाहरूको मष्तिष्कमा एक प्रकारको छाप बसिसकेको छ। विदेशि रहनसहन ,चालचलन,संस्कृतिले युवा पुस्तालाई आकर्षित गरेको छ जसले गर्दा युवाहरूले विदेशिने सपना देखिरहेका छन्।
अर्कोतर्फ रहरभन्दा पनि धेरै गरिब नेपालीहरूका लागि विदेशिनु बाध्यता बनेको छ। देशमा बढ्दो बेरोजगारी,बढ्दो महँगी, राजनीतिक अस्थिरता, भ्रष्टाचार, आफ्नतिवाद उचित शैक्षिक तथा स्वास्थ्य सुविधाको अभावले गर्दा कयौ युवाहरू विदेशिन बाध्य भएका छन्।देशमा रोजगारीका अवसर को कमी,बेरोजगारी र गरिबीले गर्दा धेरै युवाहरू विदेशिनुलाइ आफ्नो अन्तिम विकल्प मान्छन। परिवारको दैनिक गुजारा चलाउन, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिन र सामान्य जीवन यापनका लागि बाध्य भएर विदेशिनु परेको छ।
निष्कर्ष भन्पर्दा ,नेपालको सन्दर्भमा बढ्दो बैदेशिकरण रहर र बाध्यता दुवै रहेको छ। केहिका लागि यो सपना साकार पार्ने माध्यम हो भने कयौ गरिबहरुका लागि जीवनको कटु यथार्थ हो। यसको असर नेपाली समाजमा गहिरो परेको छ।एकातिर यसले फाइदा पनि गरेको छ ।विप्रेषण (रेमिटेन्स)भित्र्याएर देशको अर्थतन्त्रलाई टेवा पुनेको छ भने अर्कोतिर देशबाट शिक्षित र दक्ष जनशक्ति बाहिरिने क्रम बढेको छ,कयौ परिवार छुट्टिएका छन्,सामाजिक र सांस्कृतिक मुल्यमान्यताहरु हराउदै गएका छन्।यसलाई रोक्न अर्थात कम गर्न सकारले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, राजनीतिक स्थिरता कायम आदि कार्य गर्नुपर्छ । जबसम्म देशमा रोजगारी शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरूको सुनिश्चतता हुदैन, तबसम्म यो कायम रहने। तर राम्रो जिवनको चाहाना, सपनाको खोजीले यसलाई निरन्तरता दिन्छ। युवाहरू विदेशिने समस्यालाई सामाधान गर्न देशमै अवसरहरूको सिर्जना गर्नु र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु अपरिहार्य छ।नत्र भने युवाहरू विदेशिने लहर यथावत रहन्छ।
लेखक :- सम्झना धामी दार्चुला बहुमुखी क्याम्पस खलंगा मा अध्ययनरत