म यस्ती माता हु!जो,स्वार्थी मनुस्यलाई आफ्नो छातीमा खेलाएकी,
अनि!तिनै मनुस्यदारा , विभिन्न स्रोतबाट फोहोरी भएकी,
तिनै मनुस्यदारा हेपिएकी, र…
इतिहासमा मात्र धर्ती माता भनी, नामाकरण गरिएकी!माता हु…
तइपनी अझै आफ्नो सास रहुन्जेल,आफू जति कमजोर भएपनी,
मनुस्यलाई खेलाउने जिम्मेवारि बोकेकी,र
आफुले हरेक दु:ख सहेर मनुस्यलाइ खुशी राखि ,
झर्न लागेको आँसु पनि रोकेकि आमा हु!!
अझै मनुस्यमा बिबेक छैन,आफू खेल्दा खेल्दै आमाको,
त्यो हरियो सारी अनि पहेलो पटुका फाटिसकेको,
आमाका…
मुस्काराएका ती सेता दातको,मुस्कान हराउन लागेको!र..
थकानले शरिरभरी आएका पसिना नि सुक्न आटेको!!
म यहि कुरामा मौन बसेको छु कि….
आफ्नै कर्मका कारण विभिन्न दु:ख, झेलिरहेका ती मनुस्य..
पक्कै पनि म एक दिन ,होस दिलाएरै छोड्ने छु अवस्य!!
अनि मेरो फेरि नया सारी र पटुका फेरिने छ!
अनि ओठ्का बिचमा मुस्कान छरिने छ,र..
इतिहासमा वास्तविकमा नाम कोरिने छ!!
लेखक :- निर्मला धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।