मित्रता

रोशनी पाल

मित्रता

कहाँ देखि सुरू गरूँ र खै ती पल जुन तिमीसँग बिताएकी छुं
सुन्दा धेरै लाग्ने ती चार वर्ष चार महिना झै कटाएकी छुं ‌।‌‍

हाम्रो भेटको त्यो पहिलो दिन जुन अरुसँग तपाईं भनि सुरु हुन्थ्यो
तिमीसँग खै किन तिमी अनि तं भनि सुरु भएथ्यो।

एउटै गाउँमा बस्ने हामी पढाईका कारण भेटिएका थिएनौं
संयोगले पढाईकै कारण भेटिएका हामी भेटिन्छौ भनि सोचेकै थिएनौं।

त्यो दिन देखी सुरु भयाे हाम्रो मित्रता जुन अब कहिले छुटिने छैन
दुई बर्षसम्म त थिएन यति गहिरो जुन हुन्छ भनि सोचेकै थिएन।

जब भविष्य बनाउन भनि परिस्थितिले हामीलाई चार चार कि.मि. हिडायो
त्यसपछि तिमी बिना म अनि म बिना तिमी अधुरो बनायो।

कहिले घामले सतायो त कहिले पानीको थोपाले भिजायो
खोला आएर तर्न नसक्ने अवस्थामा एक अर्काको साथले बचायो।

लेखक : रोशनी पाल
श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.