आमा को निश्चल ममता
के गरेर तिराैँ गुणलाई जन्म दियाैँ आमा
मलाई खुसी दिलाउँनलाई आसुँ पियाैँ आमा
तिम्रो निश्चल ममतामा मलाई लुकाएर
मेरालागि हरेक पलमा जिउँदै मरेउ आमा ।
नै नै महिना काेखमा राखि जन्माउनु भाे मलाई
कति दुख कष्ट गरि हुर्काउनु भाे मलाई
तिम्रो काखमा लुटुपुटु गर्दै हुर्के आमा
तिम्ले साथ दियाैँ र पाे तिमीसगैँ बढेआमा
तिम्ले साथ दियाैँ र पाे यति राम्रो पढेआमा ।
जन्मघर जस्तो कर्मघर हुन्न रैछ आमा
रगतको नाता जस्तो प्याराे अर्को थर हुन्न रैछ आमा
तिम्रो काख छाेडेर सुउँदाे रङग्याउन निकै हतार गरेछु
तिम्रो काख जस्तो प्याराे श्रीमानको खाट एकचिम्टी सिन्दुरको भर हुन्न रैछ आमा ।
दुख सुखमा साथदिने तिमी नै हाैँ आमा
मेरो हरेक समस्यामा उभिदिने तिमी नै हाैँ आमा
सारा संसार स्वार्थी लाग्छ तिमी विनाको
मलाई सर्वस्वु नै सुम्पिदिने तिमी नै हाैँ आमा ।
लेखक:- सरिता ठगुन्ना दार्चुला बहुमुखी क्याम्पसकि विद्यार्थी हुन्।