गुरु

बिपिना मोहर

शीर्षक : गुरू

गुरु नै हो सबै वेद
गुरु नै हो सबै पुराण
गुरुलाई गर्नु सबै सम्मान
गुरु नै हो जीवनको आधार

न त कसैलाई धनी देख्छ
न त कसैलाई गरिब
न त कसै आफ्नो मान्छ
न त कसैलाई पराई ।

आफू जति दुःखी भएपनि
शिष्यलाई खुसी बनाउँछ
मौन बत्ती जस्तै बनेर
ज्ञानको ज्योति फैलाउँछ।

आदर्श व्यवहार हुन्छ गुरुको
सागर जस्तै हुन्छ ज्ञान
कसैलाई बनाउँछ डाक्टर
कसैलाई बनाउँदैछ महान्।
लेखक : बिपिना मोहर
श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप दार्चुला

Leave A Reply

Your email address will not be published.