पृय बालेन सर,
कालापानि, लिपुलेकको कुरा चर्किदै गर्दा म तपाईँलाई केहि सत्य कुराहरु साझा गर्न चाहान्छु। अहिलेको समयमा तपाई धेरै नेपालिहरूले बिश्बास गर्ने पात्र भएको भएर मात्रै मैले यो कुरा बिशेष तपाईँलाई साझा गर्न चाहेको हो । म आफै ति स्थानहरूमा पुगेको भएर धेरै कुराहरू बुझ्न र देख्न पाएको छु। समयमै सहि कदम चालिएन भने अतिक्रमित स्थान मात्रै हैन त्या भन्दा यताको भुभाग पनि नेपालले गुमाउने निस्चित छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा बारे कुरा गर्दै जाँदा ‘ओम् पर्वत’ भन्ने स्थानको पनि महत्व अत्यन्तै छ। ओम् पर्वत विश्वकै धार्मिक हिसाबले महत्वपूर्ण स्थलहरू मध्येमा पर्छ र हरेक वर्ष करिब तीस हजार भन्दा बढी पर्यटकहरू त्यहाँ घुम्न जाने गर्छन् जस्मा सम्पूर्ण भारतीय नै हुन।
यो पर्वत पनि अहिले भारतले अतिक्रमण गरेको भूभागमै पर्छ, जुन भारतले दाबी गरेको काली नदीभन्दा निकै वर पर्छ। ओम् पर्वत टिङ्कर भञ्ज्याङसँग जोडिएको हिमाल/पर्वत हो। भारतले दाबी गरेको काली नदीलाई सीमा मान्ने हो भने समेत उक्त भूभाग नेपालको हो, तर अहिले त्यो क्षेत्र भारतको कब्जामा छ।
उक्त स्थान ४०–५० वर्षदेखि नै भारतको नियन्त्रणमा रहेको छ। ओम् पर्वतदेखि लिम्पियाधुरा सम्मको भूभाग अहिले भारतको अधीनमा हुनुको मुख्य कारण भनेकै दशकौंसम्म नेपालबाट त्यहाँ कुनै गतिविधि नहुनु हो। नेपालले यसलाई निर्वाचनको एजेन्डा वा भारतसँग सम्बन्धमा असर पार्ने खालका प्रसङ्ग आउँदा मात्र चर्चा गर्ने विषय बनाइराख्नु नै हाम्रो कमजोरी हो, र त्यही कारणले यो भूभाग गुमाउन पुगेका हौँ।
हालसम्म अतिक्रमित भूभाग त परै जाओस्, दार्चुलाको ब्यास गाउँपालिकाभित्र पर्ने छाङ्गरु, टिङ्करसम्म पुग्ने बाटो समेत छैन। त्यहाँ पुग्न भारततर्फबाट पास बनाएर भरतको बाटो भएर गाडीमा ४–५ घण्टामै पुग्न सकिन्छ भने नेपालतर्फबाट जाने हो भने अति जोखिमपूर्ण बाटो हुँदै २–३ दिन लाग्छ।
त्यसैले, नेपालले ओम पर्वत देखि लिम्पियाधुरा सम्मको भूभाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु, टिङ्कर क्षेत्रमा छिटो र तीव्र गतिमा विकास गतिविधि अघि बढाउन अत्यावश्यक छ। अनि मात्र ति भूभागमा हाम्रो उपस्थिति प्रमाणित हुनेछ। नत्र भने अहिले हामी नेपालीले वास्तविकता नबुझी सतही टिप्पणी मात्र गर्दै आएका छौँ। यसको अर्थ, ब्यास गाउँ भित्र पर्ने छाङ्गरु–टिङ्कर समेत गुम्न सक्ने अवस्था सिर्जना गर्नु हो। आशा गर्छु यो कुरा तपाईँसम्म पक्कै पुग्ने छ र मेरो कुरालाई समर्थन र बिश्बास गरिदिने सम्पूर्णले मेरो कुरा उहाँ सम्म पुगाउन मदत गर्नुहुने छ ।
तपाईको शुभ चिन्तक हिमालय भट्ट (फेरुवा)