महा-सरकारको औकात छैन

महा-सरकारको औकात छैन

खोज, अनुसन्धान, नवपर्वर्तन कलकारखाना, उद्योग, उत्पादन, आय, आम्दानी र निर्यात छैन!
खोज, अनुसन्धान, नवपर्वर्तन कलकारखाना, उद्योग, उत्पादन, आय, आम्दानी र निर्यात छैन!
तसर्थ,
आफैले जन्माएको सेतो हात्ती पाल्ने समेत महा-सरकारको ल्याकत औकात छैन!

औकात बिना,
पत्ता कहाँदेखि आउँछ?
औकात बिना,
संसद भवनमा सुत्दा समेत भत्ता कहाँदेखि आउँछ?
औकात बिना,
राजसी ठाँटबाँठ र मज्जा कहाँदेखि आउँछ?
औकात बिना,
आआफ्नो राजनैतीक जत्था कहाँदेखि आउँछ?
र, औकात बिना,
अर्को पल्ट हातमा सत्ता कहाँदेखि आउँछ?
औकात बिना,
पत्ता कहाँदेखि आउँछ?

अनि,
नबनाउन लाएर हुन्छ, अंग्रेजीमा प्लेट Embossed नम्बर?
अनि,
नलगाएर हुन्छ, जन्मदा, मर्दा या जे सुकै गर्दा पनि जनतालाई कर?
अनि,
नबढाएर हुन्छ, कर माथीको दर?
अनि,
अनि नघटाएर हुन्छ, अनुदान, रोजगारी सरदर?
अनि,
नपठाएर हुन्छ, रोजगारी खोज्न पुरै नेपाललाई नै विदेशी शहर?
अनि,
नपठाएर हुन्छ, रोजगारी खोज्न पुरै नेपालीलाई नै विदेशी शहर?

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

Leave A Reply

Your email address will not be published.