बाबाको सङ्घर्ष

बाबाको सङ्घर्ष

मानव जीवनमा आमाबाबाको योगदान अतुलनीय हुन्छ। जसरी आमालाई ममतामयी देवी भनिन्छ, त्यसरी नैबाबालाई पनि परिवारको मेरुदण्ड मानिन्छ। बाबा भनेका केवल परिवारको मुखिया मात्र होइनन्, बरु सन्तानलाई जीवनको बाटो देखाउने मार्गदर्शक र त्यागको प्रतिमूर्ति हुन्।

बाबा भनेका सन्तानका लागि दिन–रात खटिने श्रमिक हुन्। बिहान सबेरैदेखि बेलुकी ढल्कुन्जेलसम्म परिवारलाई सुखी बनाउन उहाँले पसिना बगाउनु हुन्छ। कहिलेकाहीँ आफ्ना चाहना–आकाङ्क्षा दबाएर सन्तानको इच्छा पूरा गर्नुहुन्छ।

बाबा भनेका घरका आधारशिला हुन्। परिवारमा समस्या आउँदा सबैभन्दा पहिले अडिग भएर उभिने पनि बाबा नै हुन्छन्। उहाँ आफैं भोकै बसेर पनि छोराछोरीलाई पेटभरि खुवाउन चाहनुहुन्छ। आफ्ना लुगा पुराना भए पनि छोराछोरीलाई नयाँ लुगा दिन उहाँ खुसी मान्नुहुन्छ।

बाबा भनेका जीवनका पहिलो शिक्षक पनि हुन्। उहाँको मौन संघर्ष र अनुशासनले सन्तानलाई धैर्य, मेहनत र जिम्मेवारीबोध सिकाउँछ। बाबा नै त्यो छायाँ हुन्, जसको सहारामा छोरी–छोरा भविष्यप्रति ढुक्क भएर अघि बढ्न सक्छन्।

यसरी हेर्दा बाबा भनेका केवल एउटा शब्द होइनन्। त्यो त त्याग, माया, संघर्ष र सहाराको प्रतिक हो। बाबा नै सन्तानका लागि भगवान्को रूप हुन्, जसले निःस्वार्थ प्रेम र अनवरत मेहनतमार्फत सन्तानलाई जीवनमा सफल बनाउन चाहन्छन।मैले मेरो बुबा को दुःख कष्ट सब बुझेकी छु त्यसैले मलाई यो संसार मा थोरै भए पनि बुबा लाई खुसी दिनु छ । मलाई मेरो बुबा कै सहारा बन्नु छ मेरो निम्ति गरेको संघर्ष कहिले भुल्ने छैन।म आफै मा निःशब्द हुन्छु कुनै बेला जत्ति बेला मेरो बुबा लाई सानो पीडा पर्न थाल्छ।म एक गरीब बुबा की इमान्दारी र अनुशासित छाेरी हु ।मेरो बाउले आफ्नो खुट्टाको पैताला फाट्दा सम्म पनि मेरो लागि केही को कमी हुन दिएन त्यसले भगवान् सँग नी यही प्राथना छ मेरो बुबा लाई लामो आयु दिनु।

जिन्दकिको भर छैन भन्छन् मलाई लाग्छ कि आमा बुबा साथ मा भए दुनिया को केही प्रभाव हुँदैन ।गरीब परिवारमा जन्मिए पनि म मेरो आमा बुबा ले मेरो लागि अहिले सम्म केही को कमी हुन दिएको छैन् । एकान्त मा रुन्छु मेरो लागि गरेको दुःख पीडा सम्झेर आफै सम्लिन्छु अझै मेरो बुबा हुँदा सम्म मलाई केही को पिर पर्ने छैन ।त्यसले मेरो बुबा मेरो जीवनका वास्तविक नायक हुन् जसको बयान गर्नै सकिन्न।

लेखक झुपा धामी कैलाली बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.