दार्चुलाको नौगाडमा अटो दुर्घटना ३ जना सवार बेपत्ता

दार्चुलाको नौगाड गाउँपालिका वडा —५ शौकेबगरमा अटो दर्घुटना हुदा ३ जना सवार बेपत्ता भएका छन ।

सोमबार दिउँसो करिब साढे १ बजेतिर होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म—१ ह ११४८ नम्बर अटो दर्घुटना हुदा ३ जना सवार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार अटोमा सवार ५ जना मध्ये अटो चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

उनका १७ वर्षिय छोरा आयुस भुल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

बाकी ३ जना वेपत्ता सवारको खोजीकार्य भइरहेको उहाँले बताउनु भयो ।

अटो सडकबाट झण्डै ५० मिटर तल खोलामा परेको पनि बताइएको छ । बेवत्ताहरुको पहिचान खुल्न सकेको छैन ।

यसबारे प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ । अहिले धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.