कहाँ छ जीवन

गीता भाट

कहाँ छ जीवन?

कहाँ हरायो त्यो मुस्कान, बालापनको निदरसँगै?
कहाँ गुमायौं ती सपना, हिजोको साँचो विश्वाससँगै?

जीवन आज किन लाग्छ, भीडभित्र एक्लो जस्तो?
साँच्चै बाँच्न पाउने रहर, बन्यो किताबको पाना जस्तो।

हामी दौडिरह्यौं सधैं, सफलताको नाउँमा,
तर कहाँ चिनेछौं खुशी, दिन बित्यो अरूको चाहनामा।

सबै कुरा त छ हातमा, तर मन किन खालि छ?
यो माया, सम्बन्ध, बोल्ड सपना — किन सबै बिसालि छ?

कसैको लागि जीवन उत्सव, कसैको लागि बोझ,
अघाउने पेट र रित्तो थाल — एउटै आकाशको दुई मोड।

सपना त सस्ता भए, पैसाको बजारमा,
मान्छे किन बेचिन्छ आज, आफ्नै विचारमा?

हामी बाँच्दैछौं भने पनि, साँच्चै बाँच्यौं त?
मुस्कान नाफामा गुमायौं, घाटा आँसुमा राख्यौं त?

जीवन त्यो थिएन है सँगै बस्ने हात छुट्नु,
तर आज बाँच्नकै लागि, हामी बाँच्न बिर्सियौं जस्तो।
✍️ गिता भाट

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.