आमा नै सबथोक

मेनुका धामी

आमा नै सबथोक

बा भएर पनि नभएझैँ जीवनमा,
आमा भएरै सबथोक बनिन् मेरो संसारमा।

आकाशजस्तो विशाल माया दिन्छिन्,
धरतीझैँ सहारा बनिन् दिनरातको आधारमा।

दुखको आँधी आए पनि आँसु नदेखाउने,
सुखको दीप जलाइदिनुहुन्छ आशाको द्वारमा।

मेरो सबै सपना, मेरै सबथोक तिनी,
आमा हुनुहुन्छ भगवान् यही अवतारमा।

पेटको नुनपानी पिएर नौ महिना ढाक्नुभो,
न्यानो काखमा राखेर जीवनलाई जाग्नुभो।

भोकै रहेर पनि मुखमा अन्न हाल्न दिनुहुन्छ,
रातभरि जागेर सुत्ने आशीष बाल्न दिनुहुन्छ।

कष्ट सहेर पनि हाँसोको उपहार दिनुहुन्छ,
आफू जल्दै अरूलाई उज्यालो संसार दिनुहुन्छ।

पग्लिएको घामभित्र शीतल छायाँ बन्नुहुन्छ,
कठोर बाटोमा सधैं मृदु साथ बन्नुहुन्छ।

आमाको अनुहारमै स्वर्गको झल्को देखिन्छ,
आमाको स्पर्शमै जीवनको अमृत बग्छ।

जहाँ गयो मन, फर्केर काखमै अडिन्छ,
थाकेको आत्मा आमाको अँगालोमै शान्त हुन्छ।

लेखक :-मेनुका धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.