दार्चुलामा अनिश्चितकालीन कर्फ्यू अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन चेतावनी

दार्चुला : दार्चुलामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी आदेशमा आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिको प्रभाव दार्चुला जिल्लामा समेत परेको, पार्टी कार्यालयहरु तोडफोड गरेको, अन्य सरकारी कार्यालय लगायतमा क्षति पुर्याउन सक्ने

देखिएकाले शान्ति व्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको मंगलवारको सिफारिस बमोजिम भदौ २४ गते राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम दार्चुला जिल्लाभित्र

कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक र घेराउ गर्न नपाइने गरी कफ्र्यु जारी गरिएकोे छ ।

कफ्र्युको आदेश अवधिभर अत्यावश्यक बाहेक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरुमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाइएको छ । हिजो रातिबाट नै बजार क्षेत्रमा सेना खटिएको छ । आज बिहानै सेनाले बजार बन्द गराउँदै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनेको छ । यसैबीच नेपाल—भारत जोड्ने सीमा पुलमा आवतजावत बन्द गरिएको छ ।

Leave A Reply

Your email address will not be published.