दार्चुलाका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने

दार्चुला । जनजीवन सामान्य हुँदै गएपछि दार्चुलाका विद्यालय आइतबार (भोलि) बाट नियमित रूपमा सञ्चालनमा आउने भएका छन् ।

जेनजीको आन्दोलनका कारण बन्द भएका विद्यालय सञ्चालनमा आउने भएका हुन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार बाट निषेधाज्ञा र कफ्र्यु हटाएसंगै आइतबारबाट विद्यालय संञ्चालन आउने विद्यालय स्रोतले बताएका छन ।

जेनजी आन्दोलनका कारण उत्पन्न असुरक्षाका कारण लागू गरेको कफ्र्यु तथा निषेधाज्ञा हाल कायम नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

आजबाट जिल्लाभरीको जनजीवन सामान्य बन्दै गएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.