दार्चुला । जेनजी पुस्ताले गरेको आन्दोलनपछि बन्द रहेका दार्चुलाका विद्यालयहरूमा पठनपाठन सुरू भएको छ । भदौ २३ र २४ भएको आन्दोलनले बन्द भएका विद्यालयहरू आइतबार हिजो देखि सञ्चालनमा आएका हुन ।
जिल्ला भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु संञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयले लगाइएको कर्फ्यू र निषेधाज्ञा क्रमश: हट्दै गएकाले
आइतबार देखि शिक्षण संस्था संचालनमा आएको कार्यालयले जनाएको छ ।