शैल्यशिखर नगरपालिकाका ६ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाई  बन्द भएका छन ।

स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाइ अहिले बन्द अवस्थामा पुगेका हुन ।

पालिकाभरी रहेका जम्मा १२ वटा सामुदायिक स्वास्थ्य इकाई  मध्ये हाल ६ वटा मात्रै संञ्चालनमा रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले जानकारी दिनुभयो ।

सामुदायिक स्वास्थ्य इकाई केन्दमा कार्यरत करार कर्मचारीहरुको करार अवधी थप नभएपछि इकाई केन्द्रहरु बन्द अवस्थामा पुगेको उहाँले बताउनु भयो । , साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरूको करार अवधी थप गरिएको छैन, उहाँले भन्नु भयो ।

करार कर्मचारीको म्याद थप नगर्दा सेवा प्रभावित भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष देखि स्वीकृत दरबन्दी रिक्त भएमा ज्यालादारी वा करारमा कर्मचारी राख्नुअघि सहमति लिनुपर्ने व्यवस्था गरेपछि स्थानीय तहले नियुक्ति नवीकरण गर्न नसेको जोशीले बताउनु भयो ।

प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा (३०) अनुसार करार वा ज्यालादारी नियुक्तिका लागि प्रदेश सरकारसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधान गरेको छ ।

यही व्यवस्थाका कारण पालिकाले नियुक्ति नवीकरणमा नभएकाले समस्या भएको बताएका छन । संञ्चालनमा रहेका अन्य ६ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द पनि वडाकार्यालयहरुको समन्वयमा मात्रै संञ्चालनमा रहेको बताइएको छ ।

पालिकाभरी रहेका तीन वटा आधारभुत स्वास्थ्य इकाई केन्द्र निरन्तर रुपमा संञ्चालनमा रहेका छन । गत माघ देखि असार सम्म पालिकाभरी रहेका ८९ जना स्वास्थ्यकर्मीले काम गरेको पारिश्रमिक समेत नपाएको नगरपालिकाका स्वास्थ्य

शाखा संयोजक शिवराज जोशीले जानकारी दिनुभयो । सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाभरी जम्मा २२ वटा स्वास्थ्यसंस्थाहरु रहेका छन ।

Leave A Reply

Your email address will not be published.