दार्चुलामा ४९२ जना विद्यार्थीले कक्षा १२ को मौका परीक्षामा सहभागिता जनाउने भएका छन । जिल्लाभरीका दुईवटा परीक्षाकेन्द्रबाट विद्यार्थीले कक्षा १२ को मौका परीक्षामा सहभागिता जनाउन पाउने भएका हुन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा यहि असोज ७ र ८ गते सञ्चालन गर्ने तयारी गरेपछि जिल्लामा अहिले तयारी तिब्र बनाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका प्राविधिक साहयक सुचना अधिकारी लक्ष्मी जोशीका अनुसार गोकुलेश्वर मावि गोकुलेश्वर र जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र मावि खलंगालबाट मौका परीक्षासंञ्चालन गरिने बताएका छन ।
दुबै परीक्षाकेन्द्रबाट ४९२ जना विद्यार्थीले सहभागिता जनाउने उहाँले बताउनु भयो । जसमध्ये गोकुलेश्वर मावि गोकुलेश्वरबाट २४२ जना र महेन्द्र नमुनामावि बाट २५० जना विद्यार्थीले मौका परीक्षा दिने कार्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।
त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ ।