दार्चुला । लिटिल स्टार भिजन एकेडेमी दार्चुलाले संविधान दिवस–२०८२ विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक , शिक्षक, विद्यार्थी तथा अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय ध्वजालाई सम्मान गर्दै राष्ट्रिय गान गाएर गरिएको थियो। त्यसपछि विद्यार्थीद्वारा संविधानको महत्वमाथि , कविता वाचन र हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । विद्यालयका प्रधानाध्यापकले संविधान नेपालको शान्ति, स्थिरता र समृद्धिको आधारशिला भएको उल्लेख गर्दै बालबालिकाले प्रारम्भिक स्तरमै यसको महत्व बुझ्न आवश्यक रहेको बताए। कार्यक्रममा उत्कृष्ट प्रस्तुति गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिने प्रधानाध्यापक सुन्दर सिंह धामीले बताए ।
संविधान दिवसले विद्यार्थीमा राष्ट्रियता, लोकतन्त्र र एकताको भाव जगाउन सहयोग पुर्याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। यसरी लिटिल स्टार भिजन एकेडेमीले संविधान दिवसलाई शिक्षामूलक र मनोरञ्जनात्मक कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
