दार्चुलाका प्रहरी निरीक्षक रावत उत्कृष्ट प्रहरी कर्मचारीमा पुरस्कृत

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक एवं सुचना अधिकारी छत्रबहादुर रावत उत्कृष्ट प्रहरी कर्मचारीमा पुरस्कृत भएका छन । जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक रावतलाई मंगलबार आज एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो ।

गत भाद्र महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी निरीक्षक रावतलाई उत्कृष्ट कर्मचारीमा पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रही प्रहरी संगठनले दिएको जिम्मेवारी पुर्णरुपमा लगनशिल भएर गरेको भन्दै प्रहरी निरीक्षक एवं सुचना अधिकारी रावलाई सम्मान गरिएको प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

यस्तै जेन–जी आन्दोलनका क्रममा सदरमुका क्षेत्रको कमाण्ड समालेका रावतले आन्दोलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नुका साथै प्रहरी कार्यालय लगायत सरकारी कार्यालयहरुमा क्षतिहुनबाटा जोगाएको भन्दै प्रहरी निरीक्षक रावतलाई उत्कृष्ट प्रहरी कर्मचारीमा पुरस्कृत गरिएको उहाँले बताए ।

यस्तै गत भाद्र २४ गते कारागार कार्यालयमा रहेका ७७ जना मध्ये ७१ जना कैदीथुनुवा भागेको र अहिले सम्म ६३ जनालाई तत्काल प्रक्राउ गर्ने कार्यमा राम्रो भुमिका निर्वाह गरेपछि पुरस्कृत गरिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयमा रहेका अन्य विभिन्न प्रकृतिका चालु मुद्धाहरुको समेत प्रभावकारी ढंगले कार्यसम्पादन गरेको गरेपछि नगद सहित सम्मान गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दार्चुला जिल्लाको कार्यभार सम्हालेदेखि यो कार्यक्रम संञ्चालन हुदैँ आएको छ ।

यो कार्यक्रम गत वर्षको असोजबाट संञ्चालन गरिएको थियो । महिनैपिच्छे प्रहरी कर्मचारीहरु पुरस्कृत हुन थालेपछि प्रहरी कर्मचारीहरुमा उच्च मनोबलका साथ काममा खटिने ,र खुशी हुन थालेका छन ।

Leave A Reply

Your email address will not be published.