भगवती विकास बहुउद्देशीय सहकारी संस्थाले ‘सहकारी उपभोक्ता पसल’ संञ्चालनमा ल्यायो

दार्चुला । भगवती विकास बहुउद्देशीय सहकारी संस्थाले ‘सहकारी उपभोक्ता पसल’ संञ्चालनमा ल्याएको छ । बहुउद्देशीय सहकारी संस्थाले सहकारी व्यवसाय अन्तर्गत वडादशैको अवसरमा सहकारी उपभोक्ता पसल संञ्चालनमा ल्याएको हो ।
मालिकार्जुन गाउँपालिका वडा- ८मा रहेको सहकारीको सेवाकेन्द्र बाट उपभोक्ता पसल संञ्चालनमा ल्याएको भगवती विकास बहुउद्देशीय सहकारी संस्थाका कार्यकारी अधिकृत श्याम सिह सामन्तले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिका वडा-८को प्रहरी चौकी, नजिक रहेको सेवाकेन्द्र कार्यालयबाट सेवा प्रदान भइरहेको उहाँले बताउनु भयो ।

भगवती विकास बहुउद्देशीय सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्राथमिकतामा राख्दै मालिकार्जुन पालिकाबासिहरुका लागि नियमित रुपमा दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उद्देश्यले सहकारी उपभोक्ता पसल संञ्चालन ल्याएको सहकारी संस्थाले जनाएको छ ।

उपभोक्ता पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारी संस्थाले जनाएको छ । उपभोक्ता पसलमा चामल, दाल, तेल, साबुन कोलगेट ब्रस, लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराइएको छ ।

विक्रीका लागि १सय क्विन्टल मोटा चामल सेवा केन्द्रमा पुगेर विरतण भइरहेको छ । अन्य उपभोग्य बस्तुहरु आउनेक्रम जारी रहेको संस्थाले जनाएको छ ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न सहकारी संस्थाले पसल सञ्चालन गरेको जनाएको छ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिएको कार्यकारी निर्देशक सामन्तले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.