मार्मा गाउँपालिका स्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता संञ्चालन हुने सूचना सहित

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले पालिकास्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता संञ्चालन गर्ने भएको छ । पालिकाको तर्फबाट बिहिबार एक सूचना सार्वजनिक गदैँ खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता संञ्चालन गर्ने जनाकारी दिएको हो ।

गाउँपालिकाको भलिबल खेल तथा व्यवस्थापन समितिको आजबसेको बैठकले असोज २२ गते गाउँपालिकाको वडा –३को लटिनाथ मावि रस्कोटको खेलमैदानमा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता संञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मेन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता पुरुष र महिला दुबै तर्फ प्रथम हुनेलाई ५० हजार द्धितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २५ हजार रुपैयाँ सहित मेडल ट्रफि र प्रमाण पत्र विरतण हुने उनले बताए । टिमदर्ता शुल्क गाउँपालिकाको राजस्व खातामा जम्मा गर्न भनिएको छ । टिमदर्ता ११ सय रुपैयाँ राखिएको छ । टिम असोज २० गतेसम्म गरिसक्न आग्रह गरिएको छ । खेल नक आउट चरणमा खेलाइने गाउँपालिकाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.