दार्चला –दार्चुलामा बस र जिप एक आपसमा ठोकिएका छन् । शुक्रबार (आज) विहान महाकाली राजमार्गको गोकुलेश्वर–खंलगा सडक अन्तरगत दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज (गल्छी) नजिक बस र जिप एक आपसमा ठोकिएका हुन ।
जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सु.प प्र. ०२००१ ख १५२३ नम्बरको बस र मालिकार्जुनबाट सदरमुकामका लागि छुटेको म १ ज २३९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक आपसमा ठोक्किएका बस र जिपको अगाडिको भागमा क्षति पुगेको छ ।
