दार्चुलामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरी घरेलु कार्यालय लगायत विभिन्न कार्यालयहरुको सहभागितामा बजार अनुगमन गरेको हो ।
सदरममुकाम खलंगास्थित महाकाली नगरपालिका वडा ४ र ५ मा सञ्चालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरिएको छ ।
आगामी चाडबाडमा उपभोक्ताको हक हित सुरक्षित राख्ने लक्ष्यसहित उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधी व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गरेको बताइएको छ ।
अनुगमनका क्रममा उपभोक्तालाई झुक्याउने उद्देश्यले म्याद गुज्रिएका सामान बिक्री गर्ने, कृत्रिम रंग प्रयोग गरिएको अखाद्य वस्तु बिक्री गर्ने, मूल्यसूची नटाँस्ने, पसलमा सरसफाइ नगर्ने, खरिद–बिक्रीमा बिल प्रयोग नगर्ने तथा न्यूनतम
मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने जस्ताक्षेत्रलाई आधार मानेर बजार अनुगमन गरिएको घरेलु कार्यालय दार्चुलाले जनाएको छ । अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला, संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।