दोस्रो दुहुँ गाउँपालिका अध्यक्ष कप वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरू

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा दोस्रो अध्यक्ष कप वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

हेल्पिङ हेण्ड युथ सोसाइटी युवा क्लब फाराको आयोजनामा क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । माजक दह फारा खेलमैदानमा क्रिकेट प्रतियोगिता संञ्चालन गरिएको आयोजकले जनाएको छ ।

दोस्रो अध्यक्ष कप वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।

प्रतियोगितामा ५४ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति देवी बम, पूर्व जिल्ला समन्वय प्रमुख करविर बहादुर कार्की र गाउँपालिका प्रवक्ता देव बहादुर बम लगायत

जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, खेलाडी तथा स्थानीयहरुको उपस्थिति रहेको थियोे । प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.