भाइरल भइन्छ
संविधान पढेर होइन
यिनिहरुको चर्तिकला हेरेर
स्वतन्त्रताको परिभाषा सिक्दैछु।
जति आफुलाई लयमा ल्याउँदैछु
त्यति यिनिहरुको टिक्डम देख्दैछु।
नचाहिने कुरामा आफुलाई तेर्साएर
खुबै ठूलो हु भन्ने महसुस हुँदो रहेछ।
जति अभद्र, अपाच्य, असभ्य काम गर्यो
भाइरल त्यति हुन्छ भन्ने लाग्दो रहेछ।
स्वतन्त्रताले तिम्रो यो पनि भन्छ होला
किन लगाउनु र हो महङ्गा कपडा
हिडे त नाङ्गै पक्कै भाइरल भइन्छ होला।
✍️ जि. आर. पौडेल
शिक्षक, हिल प्वाइन्ट माध्यमिक विद्यालय पोखरा