बैतडीमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

बैतडी । बैतडीमा बसको ठक्कर बाट एक महिलाको ज्यान गएको छ । बसको ठक्करबाट दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोलाकी ३३ बर्षीया भागरथी लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका २ देहिमाडौँस्थित जात्रा मनाएर घर फर्कीदै गरेकी लुहारलाइ सतबाँज बाट देहिमाण्डौको लागि छुटेको बसले ठक्कर दिएको बताइएको छ ।

गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । स्थानीयले दशरथचन्द लराजमार्ग अबरुद्ध पारेका छन । अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!