काठमाडौँ । प्रतिकूल मौसमका कारण शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएको जानकारी दिए ।
उनले अन्तर्राष्ट्रियतर्फका उडान भने प्रभावित नभएको जानकारी दिए ।