चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक

काठमाडौं । चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो ।

बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने

व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!