दार्चुलामा एक जना चरेस सहित पक्राउ

दार्चुला । दार्चुलामा प्रहरीले एकजनालाई चरेस सहित पक्राउ गरेको छ ।

जिल्लाको दुहुँ गाउँपालिका वडा ५बाट चरेस सहित एक जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा ५ स्थित झोलुङ्गे पुलबाट ५६ वर्षीय हर्कबहादुर बमलाई जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए

।
पक्राउ परेका बमको साथबाट प्रहरीले हिजो शनिबार ४ सय ८० ग्राम चरेस फेला पारेको उनले बताए । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.