नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रही कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन्।

भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो। पक्राउ गरेसँगै कारागार पठाउने प्रक्रिय भइरहेको छ।

यसअघि भुटानी प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाएको थियो।

पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्णगृहसचिव टेकनारायण पाण्डे पनि भागेका थिए।

उनीहरू भने कारागारमा आफैं उपस्थित भएका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.