दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार आजबाट सेवा प्रवाह सुचारु गर्ने भएको छ । आइतबार हिजो एक सूचना सार्वजनिक गदैँ प्रशासनले आजबाट सेवा प्रवाह सुचारु गर्ने जनाएको हो ।
जिल्लामा विपदजन्य घटना तथा मनसुनजन्य प्रभाव हाल नरहेकाले सर्वसाधारण सेवाग्राहीको सुविधालाई मध्यनजरगदैँ आजबाट सबै सेवाहरु सूचारु हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जानकारी दिए ।
प्रशासनले आज देखिनै जिल्लास्थित सबैसरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक,तथा वित्तिय संस्थाहरुलाई समेत सूचना प्रवाहगरी सेवा प्रवाह सूचारु गर्न निर्देशन दिएको छ ।
यसैविच गृह मन्त्रालयले पनि हिजोे विपद् जोखिम र प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सोमबारबाट सार्वजनिक सेवा प्रवाह सुरु गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण भन्दै शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
