निवर्तमान सांसद बडूको सक्रियता र भारतीय दुतावासको सहयोगमा गोकुलेश्वर माविको भवन बन्ने

दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको सक्रियतामा जिल्लाकोशैल्यशिखरनगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारबाट आर्थिक सहयोग प्राप्त भएको बडूको सचिवालयले जानकारी दिएको छ ।भारतको काठमाडौंस्थित दूतावास विकास साझेदारी तथा पुनर्निर्माण शाखाका काउन्सिलर अविनाश कुमार सिंहले २०२५ अक्टोबर ६ मा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमार्फत भारत सरकारले उक्त विद्यालय निर्माणका लागि वित्तीय स्वीकृति दिएको जनाएको छ।

रु१५ करोड ३ लाख १८ हजार ३१८ रुपैयाँ भारतीय दुतावासले व्यहोर्ने र सो रकमको १० प्रतिशत लागत शैल्यशिखर नगरपालिकाले व्यहोर्नेछ। उक्त परियोजना नेपाल सरकार र भारत सरकारबीच सन् २०२४ जनवरी ४ मा हस्ताक्षर भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना ९ (High Impact Community Development Project – HICDP) अन्तर्गत कार्यान्वयन हुने बताइएको छ।

पत्रमा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास, र शैल्यशिखर नगरपालिका बीच सम्झौता पत्र (MoU) छिट्टै हस्ताक्षर गर्न अनुरोध गरिएको छ। यस अघि पुर्वमन्त्री बडूकै पहलमा भारतीय दुतावासको सहयोगमा शैल्यशिखर नगरपालिकाको वडा नं। ८ झरकाँडामा गलैनाथ माविको भवन निर्माण गरिएको थियो । भवन उद्घाटनको क्रममा प्रमुख अतिथिको रुपमा बडूलाई बोलाइएको भएपनी  शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले शिलालेखमा आफ्नो नाम लेखर उद्घाटन गरेका थिए । खास गरि शिलालेखमा प्रमुख अतिथिकै नाम राख्ने प्रचलन छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!