दार्चुलामा नयाँ आएका डीएसपीसंग पत्रकारहरुको भेटघाट,अपराधिक घटना न्यूनीकरण गर्ने प्रतिबद्धता (तस्बिरहरु)

मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न पत्रकारहरू तयार

दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महत संग जिल्ला स्थित पत्रकारहरुले भेटघाट गरेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा भेटघाट कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले भेटघाट गरेका हुन । डीएसपी प्रकाश दाहालको धादिङ सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय, दार्चुलामा नयाँ प्रमुख प्रहरी नायब उपरीक्षकको रुपमा महत दार्चुला आएका थिए । जिल्लास्थित पत्रकारहरूसँग भेटघाट परिचयात्मक कार्यक्रम गदैँ  डिएसपी महतले जिल्लामा अपराधिक घटना न्यूनीकरण गर्ने गरी काम गर्ने बताएका छन ।‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु ,लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु ।

यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने संञ्चारकर्मीलाई बताएका छन । उनले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन । चाडपर्वको समयमा जिल्लामा समग्र शान्तिसुरक्षा कायम गर्नका लागि सुरक्षा व्यवस्था कडाई गरिएको बताए ।

जिल्लास्थित पत्रकारहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए । पत्रकारहरूले जुवातास, ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा घटना न्यूनीकरणमा ध्यान दिन डीएसपी महतलाई आग्रह गरेका छन ।

सामाजमा घट्ने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नमा प्रहरीलाई पत्रकारहरू पनि सहयोग र सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ दार्चुलाका शाखाका अध्यक्ष राजेन्द्र सिह धामीले बताए ।

मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न पत्रकारहरू तयार रहेको उनको भनाइ थियो । यस्तै अन्य पत्रकारहरुले जिल्लामा घटेका घटनाहरुको बारेमा पहिला जिल्लास्थित पत्रकारहरुलाई जानकारी दिनपनि माग गरेका छन ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!