विकासबादी नेता बडूको सक्रियताले गोकुलेश्वर विद्यालयको सुविधासम्पन्न नयाँ भवन निर्माण हुने

दार्चुला । नेपाली काग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्व मन्त्री निवर्तमान सांसद दिलेन्द्र प्रसाद बडूको सक्रियताले गोकुलेश्वर माध्यमिक विद्यालयको सुविधासम्पन्न नयाँ विद्यालय भवन बन्ने भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा ९ गोकुलेश्वरमा रहेको विद्यालयमा नयाँ विद्यालय भवन निर्माण हुने प्रक्रिया अघि बढेको छ । यसका लागि निवर्तमान सांसद बडूले बजेट समेत स्वीकृत गराएका छन ।

भवन निर्माण तथा बजेट स्वीकृतका लागि नेता बडुले सन् २००८ देखि भारतीय दूतावासलाई अनुरोध गर्दै आएका थिए ।

प्रारम्भमा भारत सरकारको तत्कालीन मापदण्ड अनुसार साना बिकास परियोजना अन्तर्गत नेपाली रुपैयाँ ५ करोड को सीमाभित्र रहीसोही अनुसारको डिजाइन स्टिमेट विद्यालयबाट बनाउन लगाई दूतावासमा पेस गरिएको थियो ।

अहिले आएर उक्त परियोजनाको मापदण्डलाई भारत सरकारले परिमार्जन गरि परियोजनाको नाम High Impact Community Development Project (HICDPs) राखिए बमोजिम नेता बडुले विद्यालय परिमार्जित मापदण्ड नेपाली

रुपैँया २० करोडको सीमाभित्र पुनः विद्यालय भवनको डिजाइन र लागत स्टिमेट बनाउन लगा सोही मुताविक विद्यालयबाट पेश भएको नेपाली रुपैँया १९करोड ३३लाख ४८हजार १४०रुपैँया५३ पैंसा बराबरको परियोजना स्वीकृत गराएका छन ।

यस्तै नेता बडूको पहलमा भारत सरकारले सोही नगरपालिकाको वडा न ८ मा रहेको गलैनाथ मा वि झरकडाको विद्यालय भवन लगायत जिल्लाभित्र झन्डै नौ वटा विद्यालयका भवन तथा स्वास्थ्य चौकी लगायतका बिकास पूर्वाधार निर्माण सप्पन्न गराएका छन ।

पुर्वमन्त्री बडूको पहलमा विभिन्न विद्यालयमा स्कुल बस तथा विभिन्न पालिकाहरुमा एम्बुलेन्स सेवा समेत भारत सरकारले प्रदान गर्दै आएको उनको सचिवालयले जानकारी दिएको छ ।

गत वर्षको फागुनमा गलैनाथ मावि विद्यालय भवन हस्तान्तरण कार्यक्रमका लागि दार्चुला पुगेका भारतीय दूतावासका कन्सुलर अबिनास कुमार सिहको टोलीलाई गोकुलेश्वर माविको अवलोकन भ्रमण गराउने काम समेत नेता बडुले गरेको

बताइएको छ । पुर्वमन्त्री बडूले साना बिकास परियोजना अन्तर्गत शौल्यशिखर नगरपालिका वडा न ५ स्थित मालिकार्जुन मावि आगर र कृष्ण मावि बलाच र लेकम गाउँपालिका स्थित हुनैनाथ मावि रातामाटा लगायतका विद्यालयरूका भवन निर्माणका लागि समेत नेता बडुले भारतीय दूतावासमा पहलकदमि गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.