लेकम गाउँपालिका वडा नम्बर ३ र ४ मा रास्वपाको वडा अधिवेशन सम्पन्न

दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ। मंगलबार वडा नम्बर ४ खरकडामा सम्पन्न अधिवेशनबाट पशुपति गिरी सभापति रहने गरी ११ सदस्यीय वडा समिति चयन गरिएको छ।

यस्तै वडा नम्बर ३ लालीमा बुधबार मनोज कुमार पन्त सभापति रहने गरी वडा समिति गठन गरिएको छ। रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

बिहीबार वडा नम्बर २ को गराडीमा वडा अधिवेशन आयोजना गर्ने तयारी रहेको पालिका सभापति नाथले बताए । यसअघि लेकमको वडा नम्बर ६ मा अधिवेशन गरेको रास्वपाले सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.