दार्चुलामा युवा लक्षित सचेतना तथा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना

दार्चुला । दार्चुलामा युवा लक्षित सचेतना तथा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ । बुधबार जिल्लाको महाकाली नगरपालिका वडा- ९ दत्तुमा युवा लक्षित सचेतना तथा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय,सामाजिक विकास कार्यालय, र महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण हेडक्वाटर दार्चुला, जिल्ला प्रहरी कार्यालय दार्चुलाको समन्वय प्राविधिक सहयोग र जनचेतनाशील युवा क्लबको व्यवस्थापनमा सचेतना तथा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आर्थित्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमा प्रस्तुतकर्ताहरुले छुवाछुत मुक्त समाज निर्माण,मानव अधिकार संस्कृति निर्माण,संविधान कानुनको पालना,बालविबाह रोकथाम ,लागु औषध नियन्त्रण र न्युनिकरण सामाजिक कुरिती कुप्रथा अन्धविश्वास विरुद्ध युवाको भुमिकाको बारेमा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारीदिए ।

देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गरेका छन । उनले लागूपर्दाथ प्रयोग कर्तालाई पुनस्थापन गरी आयआर्जनका क्षेत्रमा लगाउन पनि आग्रह गरेका छन ।

यसका लागि सबै भन्दा ठुलो भूमिका परिवार स्वयम्को हुनुपर्ने प्रजिअ पौडेलले बताए । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख महाकाली नगरपालिकाका उप प्रमुख दुर्गा खत्री विष्ट,विभिन्न कार्यालयका प्रमुख राजनितिक दलका प्रमुख लगायत युवाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.