दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाको नौगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विहिबार कार्यालयले गाउँपालिका अध्यक्ष दलजित सिह धामीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
मातृ तथा बाल स्वास्थ्य कार्यक्रम सुदृढीकरणको लागि पोर्टेबल अल्ट्रासाउन्ड मेसिन र कोल्ड चेन ब्यवस्थापनको लागि डिप फ्रीजर १\१ थान हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
स्वास्थ्य कार्यालय दार्चुलाले इयरकोट स्वास्थ्य चौकीको लागि रु १६ लाख २७ हजार २सय रुपैयाँ मूल्यबराबरको पोर्टेबल अल्ट्रासाउन्ड मेसिन र सिप्टी स्वास्थ्य चौकीको लागि रु २ लाख ५४ हजार २५० रुपैँया मूल्य बराबरको डिप फ्रीजर हस्तान्तरण गरिएको उनले बताए ।
स्वास्थ्य कार्यालयले स्वास्थ्य सामग्री पालिकाका स्वास्थ्य चौकीहरुलाई प्रदान गरेपछि गाउँपालिका अध्यक्ष दलजित सिह धामीले स्वास्थ्य कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख वीरेन्द्र प्रसाद भट्टको टिमलाई पालिकाको तर्फबाट धन्यवाददिएका छन ।
स्वास्थ्य कार्यालय दार्चुलाले विभिन्न समयमा नौगाड गाउँपालिकामा नरसिङ्ग कर्मचारीहरूलाइ एसबिए तालिम र औषधि लगायत अन्य सामग्री उपलब्ध गराएर सहयोग गरेको प्रति पनि पालिकाले कार्यालयलाई धन्यबाद दिएको हो ।
पालिकाले नौगाड आधारभूत अस्पताललाई स्वीकृति गराउने र बीमित अस्पतालको रूपमा विकास गर्न थप सहयोग र समन्वयको लागि अपेक्षा गरिएको पनि बताएका छन । यसका लागि समन्वयकारी भुमिकाम खेल्ने कार्यालय प्रमुख विरेन्द्र प्रसाद भट्टले बताए