आवाज मर्ने छैन

योगेन्द्र सिंह धामी

आवाज मर्ने छैन

रगतमा रङ्गिएको छ सडक,
नारा झैं गुञ्जिएको छ हरेक आवाज,
हातमा सपना, मुटुमा साहस,
तर, सत्ताको बन्दुकले छिने जीवन आज।

भोलिको उज्यालो खोज्दै निस्किएका,
आज कालो रातमा विलीन भए,
भ्रष्टासनका कान बन्द भए,
तर सडकका चीत्कार अझै बाँचिरहे।

जेनरेसन–जेडको आँसु
इतिहासको पानामा लेखिँदैछ,
सपना बेच्ने नेताका पाप
जनताको आत्मामा जल्दैछ।

मरेका शरीर मरे पनि
आवाज मर्ने छैन कहिल्यै,
सपना रोकिने छैन कहिल्यै—
कारण यो देश अझै बाँच्ने छ,
साहसी युवाहरूको श्वाससँगै।

✍️ योगेन्द्र सिंह धामी
श्री महेन्द्र माध्यमिक माध्यमिक बिद्यालय -४ खलङ्गा दार्चुला

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.