दार्चुलामा सामाजिक सुरक्षा भत्ता पाउँनका लागि परिचयपत्र नविकरण गर्न पालिकाको आग्रह

दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउँनका लागि परिचयपत्र नविकरण गर्न आग्रह गरेको छ । आइतबार एक सूचना सार्वजनिक गदैँ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउँने लाभग्राहीले परिचयपत्र नविकरण गर्न आग्रह गरेको हो ।

आर्थिक वर्ष २०८१÷८२मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले चालु आर्थिक वर्ष २०८२÷८३मा पनि सामाजिक सुरक्षा भत्ता पाउँनका लागि परिचयपत्र नविकरण गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६को दफा ९को उपनियम १ बमोजिम श्रावण १ गते देखि असोजसमान्त सम्म अनिवार्य नविकरण गर्नुपर्ने व्यवस्था भएकाले सम्बन्धित वडा कार्यालयमा गएर तोकिएको ढाँचामा निवेदन दिई आफ्नो

सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडूले जानकारी दिए । व्यासँ गाउँपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्ने लाभग्राहीहरुले पनि अहिले सम्म

परिचयपत्र नविकरण नगरेकाले असोज मसान्तसम्म अनिवार्य रुपमा परिचयपत्र नविकरण गर्न आग्रह गरेको उनले बताए ।

तोकिएको समयमा समेत परिचयपत्र नविकरण नगरे लाभग्राहीको नाम प्रणालीबाट स्वतः हटाइने गाउँपालिकाले चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!