दार्चुलाको गोकुलेश्वरमा नागरिक सुनुवाई कार्यक्रम आयोजना

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ९ गोकुलेश्वरमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । सोमबार नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दार्चुलाले नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालिकाको गोकुलेश्वर स्थित देबु होटेलमा कार्यक्रमको आयोजना गरिएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको उनले बताए ।

कार्यक्रममा गुनासो व्यवस्थापनका लागि दार्चुला प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिएसँग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा दार्चुला प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख (डिएसपी)गौरव महतको अध्यक्षता एवंम् इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिह ऐरी स्थानीय जनप्रतिनिधि विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

फोटो प्रहरी कार्यालय दार्चुलाको सामाजिक संञ्जालबाट

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!