दार्चुलाको लेकम क्षेत्रमा जात्राको रौनक सुरू
दार्चुलाका लटिनाथ मन्दिरमा आज रातीरात्रीकालीन जात्रा लाग्दै
दार्चुला । दार्चुलाको लेकम क्षेत्रमा रात्रीकालीन जात्राको रौनक सुरू भएको छ । आज द्धितीया तिथीको रातीबाट जिल्लाको लेकमक्षेत्रमा रात्रीकालीन जात्राको रौनक सुरू हुन लागेको हो । आज भाइटीकाका दिनदेखि सुरू भएका रात्रीकालीन जात्रा कार्तिक शुक्ल पूर्णिमासम्म लेकमका विभिन्न मठमन्दिरमा रात्रीकालीन जात्रा लाग्ने गर्दछन् ।
आज भाइटीकाको रात्री जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–३ मा अवस्थित कैलपाल लटिनाथ मन्दिर चौँड, लेकम गाउँपालिका वडा–५ मा अवस्थित लटिनाथ मन्दिर मैखोली खर्क, र शैल्यशिखर नगरपालिका वडा–७ मा अवस्थित लटिनाथ मन्दिर बन्तोलीमा आजराती जात्रा लाग्दैछ ।
द्धितिया देखि पूर्णीमासम्म लेकम क्षेत्रका विभिन्न मन्दिरमा लाग्ने जात्रामा भक्तजनले पुजाआजा गर्नुका साथै दमाहा लगायत बाजाहरू बजाउने, डेउडा खेल खेल्ने लगायत सांस्कृतिक गतिविधि गर्दछन् ।
जात्राका लागि पहाड पुख्र्यौँली घर भइ तराई र अन्यत्र बसोबास भएका तथा कामको सिलसिलामा गाउँ र देश बाहिर गएकाहरू समेत गाउँ फर्किए पछि अहिले सुदरपहाडका गाउँहरुमा चलहपहल बढेको छ ।
रात्रीकालीन मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ । मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी रात्रीकालीन जात्रा मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
जिल्लामा अहिले भाइटिका तिहार र रात्रीकालीन जात्राहरुको रौनकता छाएको छ । जात्रा लाग्ने क्षेत्रमा सम्बन्धित मन्दिरका मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरिएको बताएका छन ।
जात्राको लागि मन्दिरमा चहलपहल समेत सुरू भएको छ । जिल्लाको सबै भन्दा ठूलो शैल्यशिखर पुजन जात्रा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चर्तुदशी तिथिको दिन सकिन्छ ।
यस्तै लेकम गाउँपालीकाको पाती, कुणि लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । यो वर्ष जात्रालाइ ब्यवस्थीत बनाउँन जात्रा हुने स्थानमा मदिरा र जुवातास लगायत अन्यपक्षलाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका लटिनाथ मन्दिरमा आज रातीरात्रीकालीन जात्रा लाग्दै
दार्चुलामा रहेको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति जात्रा लाग्दैछ । हरेक बर्ष कार्तिक शुक्ल द्वितीयाको राति लटिनाथ मन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । मार्मास्थित तलाइमाण्डौंमा मूलथान रहेको लटिनाथ देवताका ठाउँठाउँमा मन्दिरहरु रहेका र ती मन्दिरहरुमा स्थानीय परम्परा अनुसार आज राति जात्रा लाग्ने गरेको स्थानीय माधव धामीले जानकारी दिए ।
मलैनाथ अर्थात मालिकार्जुनका पुत्रका रुपमा रहेका लटिनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वितीयाका दिन जात्रा लाग्ने गरेको धामीले बताए । ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिने गरिएको छ ।
लटिनाथ देवतलाई न्यायका देवताको रुपमा पूजाआजा गर्ने गरिन्छ । मालिकार्जुन देवताकै बरदानका आधारमा लटिनाथ देवताको पहिला पूजाआजा हुने गरेको स्थानीय जानकारहरुले बताएका छन् ।
मालिकार्जुन अर्थात मलैनाथले हुणदेशका राजा छिपलाकी रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा लटिनाथले प्रतिकार गरेकाले पहिलो पूजा लटिनाथ देवताको गर्ने गरिएको छ ।
मालिकार्जुनको पूजा कार्तिक शुक्ल चर्तुदशीका दिन हुने गरेको छ । हरेक बर्ष भाइटीकाका दिन शैल्यशिखर नगरपालिका ७ स्थित लटिनाथ मन्दिर बन्तोलीमा ठूलो जात्रा लाग्ने गरेको गरेको छ । सो जात्रामा टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । मूलथान तलाईमाण्डौं भएपनि दार्चलाको पछि बन्तोली,विजयपुर,चौड र खर्कमा समेत लटिनाथ देवताको मन्दिरहरु रहेका छन । जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने गरिन्छ ।