दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ मा जिप दुर्घटना भएको छ । शुक्रबार(आज) बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी विक्रम बहादुर शाहीका अनुसार दुर्घटनामा परी सवारी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गम्भीर घाइते भएको बताएका छन ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरी स्वास्थ चौकी पठाइएको छ । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ । गाडीचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट सई जंगबहादुर चन्दको टोली खटिएको छ ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।